नियम १७
बढुवा समिति
(१) देहायको पदमा बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछः–
(क) उपरथी पदको लागि,–
(१) प्रधान सेनापतिले तोकेको रथी –अध्यक्ष
(२) प्रधान सेनापतिले तोकेको विभागीय प्रमुख उपरथी दुई जना –सदस्य
(३) प्रधान सेनापतिले तोकेकोे कमाण्डमा रहेको उपरथी –सदस्य
(४) कार्यरथी –सदस्य–सचिव
(ख) महासेनानी र सहायक रथी पदको लागि,–
(१) प्रधान सेनापतिले तोकेको रथी –अध्यक्ष
(२) कार्यरथी –सदस्य
(३) सेना प्राड विवाक –सदस्य
(४) प्रधान सेनापतिले तोकेको उपरथी –सदस्य
(५) सैनिक सचिव –सदस्य–सचिव
(ग) सहसेनानी, सेनानी तथा प्रमुख सेनानीे पदको लागि,–
(१) प्रधान सेनापतिले तोकेको रथी –अध्यक्ष
(२) कार्यरथी –सदस्य
(३) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको सहायक रथी –सदस्य
(४) प्रधानसेनापतिलेतोकेकोसेनाप्राडविवाककोसहायक रथी –सदस्य
(५) सैनिक सचिव –सदस्य–सचिव
(घ) सुवेदार पदको लागि,–
(१) सेना प्राड विवाकले तोकेको सहायक रथी वा महासेनानी –अध्यक्ष
(२) सेना प्राड विवाकले तोकेको अधिकृत –सदस्य
(३) सेना प्राड विवाकले तोकेको अधिकृत –सदस्य–सचिव
(२) अधिकृतको हकमा सैनिक सचिव विभाग र पदिकको हकमा सम्बन्धित कार्यालयबाट बढुवा हुन नियम १३ बमोजिमको योग्यता पूरा गरेको व्यहोरा लेखी आएपछि बढुवा समितिले यस नियमावलीको अधीनमा रही बढुवा सम्बन्धी कारबाही गर्नेछ ।
(३) बढुवा समितिका अध्यक्ष, सदस्य तथा सदस्य सचिवले बढुवा समितिको सदस्यको रुपमा काम गर्नुअघि अनुसूची–३बमोजिमको कबुलियतनामा गर्नुपर्नेछ ।